सामाजिक सुरक्षा विधयेकमाथि छलफल सुरु, नौं सदस्यीय कार्यदल गठन
काठमाडौँ – व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७२ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा विहिबार बसेको समितिको बैठकले विधेयक अध्ययणका लागि नौं सदस्यीय कार्यदल समेत गठन गरेको छ ।
समितिका सभापति प्रभु साह नेतृत्वको कार्य दललाई छिटो भन्दाछिटो सम्बन्धित निकायसँग छलफल गरी प्रतिवेदन तयार पार्ने निर्देशन पनि दिइएको छ । विद्येयकमा सामाजिक सुरक्षा कोषको स्थापना, संचालन र व्यवस्थापन गरी सामाजिक सुरक्षालाई व्यवस्थित, सदृढ र प्रभावकारी बनाउने उल्लेख गरिएको छ ।
विधेयकमाथि २१ जना सांसदहरुले संशोधन दर्ता गराएका छन । संशोधनमा सामाजिक सुरक्षाको क्षेत्र, कोष संचालनको विधि र प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिइएको छ । सामाजिक सुरक्षा कार्यक्रमको दायरालाई फराकिलो बनाउन सरकारले आवश्यक्ता अनुसार कानुन परिमार्जन गर्दै लैजाने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण