भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु (फोटोफिचर)
काठमाडौ – सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०१७’ सुुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बिहिबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले उदघाटन गरेर मेला सुरु भएको हो । मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुका २ सय २२ स्टल रहेका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को आयोजनामा हरेक वर्ष हुने मेलामा विभिन्न कम्पनीका नयाँ उत्पादन, सेवा र उपभोक्ता योजना सार्वजनिक हुने गरेका छन । क्यानको २३ औं संस्करणको प्रर्दशनीमा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसोसरिज, डिलर डिस्ट्रिव्युसन र इन्टरनेट सेवा प्रदायकहरु सहभागी छन् ।
मेलामा डिजिटल टिभी, उच्च क्षमता भएका इन्टरनेट सेवा प्रदायक र सामसुङका सुविधा सम्पन्न आधुनिक मोबाइल सेटहरु मुख्य आकर्षणको केन्द्र रहने आयोजकको दावी छ । यसैगरी सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधार र साइबर अपराध नियन्त्रणका उपायका बारेमा पनि मेलामा जानकारी गराइने बताइएको छ ।
मेलामा ४ लाख अवलोकनकर्ता प्रत्यक्ष सहभागि हुने अपेक्षा गरिएको छ । मेलामा सुविसु र सामसुङ, मर्कनटाइल र नेपाल टेलिकमलगायतका कम्पनी मुख्य प्रायोजक रहेका छन् । मेला यही माघ १८ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण