अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु
अफगानिस्तान - अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ ।
जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिए ।
“अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,” हसारले सिन्ह्वालाई बताए।
हिमपात विगत केही दिनदेखि नै भइरहेको र कतिपय ठाउँमा ५० सेन्टिमिटरसम्म हिँउ जमेकोले हिँडडुल गर्न पनि धेरै गाह्रो भइरहेको छ । द्वन्द्वग्रस्त मुलुकको यस क्षेत्रमा खाद्य असुरक्षाको समस्या पनि उत्तिकै रहेको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवता मामिला समन्वय कार्यालयले अफगानिस्तानी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ ।
अफगानिस्तानको तीन करोड जनसङ्ख्यामध्ये १५ लाख ७० जनता खाद्य असुरक्षामा रहेका छन् भने एक मिलियन बालबालिकामा कुपोषणको समस्या रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण