नेपाल भारतबीच सम्बन्ध अझै प्रगाढ हुनेछ : प्रवण मुखजी
काठमाडौ– भारतीय राष्ट्रपति प्रवण मुखर्जीले नेपाल भारतबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति मुखर्जीले नेपालको दिगो शान्ति र राजनीतिक स्थायित्वमा पनि जोड दिएका छन् । भारतको ६८ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भारतीय राष्ट्रपति मुखर्जीले पठाएको सन्देशमा नेपाल भारतबीचको सम्बन्ध सदियांै पुरानो रहेको पनि उल्लेख गरिएको छ ।
कार्यक्रममा राजदुत रञ्जित रायले राष्ट्रपति मुखर्जीको शुभकामना सन्देश पढेर सुनाएका थिए । यसैबीच, भारतले आफनो स्वतन्त्रता दिवसको अवसर पारेर नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार समेत दिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर भारतीय दुतावासले सदाझैं यस वर्ष पनि एम्बुलेन्ससहितका सवारी साधन उपहार दिएको हो ।
भारतीय राजदुत रञ्जित रायले भारतीय सेनाको भूपू सैनिकका परिवारलाई आर्थिक सहायतासमेत प्रदान गर्नु भयो । भारतीय दुतावासले गणतन्त्र दिवसको अवसर पारेर हालसम्म नेपालमा ६ सय २ वटा एम्बुलेन्स र १ सय १८ वटा बस प्रदान गरिसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण