रौतहटका सरकारी कार्यलयमा लेखनदासबाट सेवाग्रही मारमा
गौर –रौतहटस्थित मालपोत कार्यालय,नापीशाखा,भुमिसुधार,जिल्ला प्रशासन,जिल्ला अदालत लगायतका कार्यालयहरुमा काम बिषेशले जाने सेवाग्रही लेखनदासहरुबाट ठगिने गरेका छन् । नियमन गर्ने निकायले ध्यान नदिएका कारण लेखनदासहरुले राजश्व तिर्ने नाउँमा सेवाग्रहीसँग जथाभावी रकम असुल्ने गरेका हुन् ।
गत सोमवारमात्र स्थानिय लक्षमिनिया गाविस हिमालीवास निवासी बलबहादुर माझी सोही ठाँउको १० कठा सातधुर जग्गा रजिष्टेशन गराउन मालपोत कार्यालय गौर गए ।
जग्गा पासगर्न रजिष्टशनको कागज बनाउन कपिलदेव साह नामक लेखनदासकोम पुगेर बिक्री गर्ने खरी गर्ने दुबैपक्षले पुर्जा बनाए ।
जव फर्म भरीसकेपछी लेखनदास साहले माझीलाई राजश्व तिर्न र लेखाईबापत कुल ७२ हजार रुपैया लाग्ने बताए तव उनी छागाबाट खसे झै भए ।
रकम धैरैभो भनेर माझीले आनाकानी गरेपछी लेखनदास साह केहीबेर पर्खेर मालपोतका कर्मचारीलाई मिलाएझै गरी ६४ हजार भन्दा घटिले हुदै नहुने बताए ।
लेखनदासको यस्तो चर्को मुल्य सुनेर आत्तिएका पीडित माझीले पुर्व प्रधानमन्त्री माधव कुमार नेपालका पिए रहीसकेका बिशाल तिम्मलसिनालाई मोबाईलफोन मार्फत आफनो समस्या सुनाए ।
तिम्मलसिनाको अनुरोधमा पत्रकार संजय मिश्रा माझीलाई सैगै मालपोत कार्यालय प्रमुख सिकेन्द्र साहको कक्षमा गएर बुझदा २२ मात्र हजार राजश्व तिरे पुग्ने बुझियो । यसअघि पनि एकजना अर्का लेखनदासले राजश्वको नाउमा चन्द्रनिगाहपुरका शेवाग्रहीसंग बढी लिएको ४० हजार रुपैयाँ आफुले फिर्ता गराएको नेपाल पत्रकार महासंघ रौतहटका सदस्य बिपिन गौतमले बताए ।
यसरी ठगिने दुईजना सेवाग्रही त उदाहरण मात्र हुन ,रौतहटस्थित सरकारी कार्यालय हरुमा काम बिषेशले आउने दर्जर्नाै सोझा शेवााग्रहीहरु यसरी नै ठगिदै आएका छन् । मालपोत कार्यालय प्रमुख साहले पनि लेखनदासबाट सेवाग्रही ठगिने समस्या बर्षौदेखी चल्दैआएको स्विकारेका छन । उनले ठगीगर्ने सुचिमा रहेका केही लेखनदासलाई आफुले निगरानीमा राखेको बताउदै नियन्त्रणको लागी पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन । उता, प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले पीडितले त्यस्ता लेखनदासबिरुद्ध जानकारी गराए कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण