गण्डकी विकास बैंक तेह्रौं बर्षमा प्रवेश
कास्की–पोखराको रहेको गण्डकी विकास बैंक तेह्रौं बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बंैकले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसै अवसरमा पोखरामा रक्तदान जिवनदान भन्ने मूल नाराका साथ रक्तदानको कार्यक्रम आयोजना गर्यो ।
बैंकका अध्यक्ष पद्य प्रसाद पौडेलद्धारा बैंकका संचालक बासुदेव त्रिपाठीलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ भएको सो कार्यक्रममा बैंकका कर्मचारीहरु, संस्थापक एंव सर्वसाधरण शेयरधनी, ग्राहकवर्ग र एवं अन्य प्रभुत्व ब्यत्तित्वहरुवाट रक्त दान गरी कुल ३८ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा बरिष्ठ न्युरो सर्जन प्रध्यापक डाक्टर उपेन्द्र देवकोटाले बैंकले बाह्रौं बर्ष सम्म सफलतापुर्वक कारोवार गरी वित्तीय क्षेत्रको विकासमा टेवा पु¥याकोमा खुसी व्यक्त गर्दे भावि दिनहरुमा अझ सशक्त रुपमा अघि बढोस् भन्दै शुभकामना व्यक्त गरे ।
त्यस्तै पोखरा उपमाहनगरपालिका वाड नंं १८ बाच्छीवुडुवास्थित वात्स्यायन बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई कम्बल तथा खाद्यन्न सामाग्री वितरण गरिएको बैकले जनाएको छ ।
बैंकले चालु आ.व.को पौष मसान्त सम्ममा रु ५ अर्व ८७ करोड निक्षेप संकलन गरी रु ५ अर्व १९ करोड कर्जा लगानी गरेको छ । सोही अवधिमा रु १४ करोड ६६ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व.को सोही अवधि भन्दा ६२ प्रतिशतले वढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण