सिआइएको रिपोर्ट : चीनले नेपालमा कब्जा जमाउने, भारतमाथि आक्रमण गर्ने
काठमाडौँ – अमेरिकी गुप्तचर संस्था सिआइएले जारी गरेको गोप्य दस्तावेजमा निकै रोचक खुलासाहरु भइरहेका छन् । नेपालबारे एउटा यस्तै एउटा प्रशंग पनि सिआइएको रिपोर्टमा उल्लेख छ जसमा चीनले नेपाली भूमि प्रयोग गर्दै भारतमाथि आक्रमण गर्ने सक्ने र नेपालमाथि नै कब्जा जमाउन सक्ने आशंका व्यक्त गरिएको छ ।
सन् १९६२ मा भारत र चीनबीच भएको छोटो तर रक्तपातपूर्ण युद्धको केही महिनापछि सिआइएले तयार पारेको रिपोर्टमा चिनियाँ सैनिकहरुले तिब्बत, म्यानमारसहित नेपाल र भुटानको भूमि प्रयोग गरेर भारतमाथि थप सैनिक कारवाही गर्ने चिन्ता व्यक्त गरिएको उल्लेख छ ।
दुई देशबीच सीमा विवाद शुरु भएपछि चिनियाँ सैनिकहरुले सन् १९६२ को अक्टोबरमा भारतविरुद्ध कारवाही शुरु गरेका थिए । चिनियाँ सैनिक लदाख र हाल अरुनाञ्चल प्रदेशसम्म प्रवेश गरेको थियो । एक महिनापछि चीनले एकतर्फी युद्ध विराम गर्दै आफ्नो सैनिकलाई फिर्ता बोलाएको थियो ।
सन् १९६३ को जनवरीमा अमेरिकी गुप्तचर संस्थाले चीनले भारतमाथि अर्को आक्रमण गर्न सक्नेबारे अध्ययन रिपोर्ट बनाएको थियो । सिआइएको वेवासाइटमा राखिएको डिक्लासिफाइड दस्तावेजमा सो कुरा उल्लेख छ ।
यस दौरान सिआइए, डिफेन्स इन्टिलिजेन्स एजेन्सी (डिआइए) र युनाइटेड स्टेट्स इन्टिलिजेन्स बोर्डले दुई देशबीचको युद्धबारे केही महिना लगाएर अध्ययन गरेको थियो । त्यसपछि बनाइएको रिपोर्टमा चीनले १ लाख २० हजार बढी सैनिक प्रयोग गरेर पुनः आक्रमण गर्न सक्ने र हवाई हमला पनि गर्न सक्ने बताइएको थियो ।
सन् १९६२ को युद्धको छ महिनापछि तयार पारिएको ‘भारतमाथि चिनियाँ कम्युनिस्टको स्थलगत चुनौती’ नामक डिआइएको रिपोर्टमा लदाखमा नेपालको भूमि हुँदै र आसाममा भुटानका भूमि प्रयोग गर्दै आक्रमण गर्न सक्ने बताइएको छ । रिपार्टमा चीनले भारतको ले सहरलाई नियन्त्रणमा लिने र भारतको हस्तक्षेप अन्त्य गर्न ‘अन्ततः नेपालमा कब्जा जमाउने’ उल्लेख छ । त्यस्तै हाल अरुनाञ्चल र आसामको उत्तरी भागमा पनि कब्जा जमाउने उल्लेख छ । आसाममा कब्जा जमाउन चिनियाँहरुले गुवाहाटी क्षेत्रमा ठूलो संख्यामा सैनिक पठाउन सक्ने बताइएको छ ।
यद्यपि, सिआइए र डिआइएले त्यतिबेला चीनसँग आवश्यक बन्दोबस्तीको सामान नरहेको र मौसमका कारण यो उद्देश्य पूरा गर्न बेइजिङलाई कठिन हुने अनुमानसमेत गरेको रिपोर्टमा बताइएको छ ।
सन् १९६३ को मे मा सिआइएले बर्मा (हाल म्यानमार) को सरकारलाई बुझाएको ज्ञापनपत्रमा चिनियाँ सैनिकले म्यानमार प्रयोग गरेर भारतमा आक्रमण गर्न सक्ने बताउँदै त्यसलाई निरुत्साहित गर्न आग्रह गरेको थियो ।
दुवै गुप्तचर संस्थाले बर्माको कुनमिङ–दिब्रुगढ सडक र कुनमिङ–तेजपुर सडकलाई चीनले प्रयोग गर्न सक्ने रिपोर्टमा उल्लेख गरेको थियो ।
सिआइएले त्यतिबेला भारतमाथि चीनले हवाई हमला गर्ने खतरा भने कम रहेको आँकलन गरेको थियो । चीनसँग राम्रो हवाई शक्ति नरहेको र हिमाली क्षेत्रमा एयरबेस पनि नभएको कारण यो सम्भव नहुने रिपोर्टमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण