एनसेलले ल्यायो ‘नयाँ एसएमएस प्याक’, एसएमएस अब ३ पैसामा
काठमाडौँ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र अझ सुलभ दरमा एसएमएस सेवा लिन सक्नेछन् । ‘नयाँ एसएमएस प्याक’ यही शुक्रबार (माघ १४) बाट शुरु भई १५ दिन सम्म संचालनमा रहने छ । यो एसएमएस प्याक अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार रु ५ (कर सहित) मा १५० एसएमएस वा रु २५ (कर सहित) मा १००० एसएमएस पाइने प्याक सुचारु गर्न सक्नेछन् । रु २५ मा १००० एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसा प्रति एसएमएसको न्यून शुल्कमा कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो योजना सुचारु गर्न सक्छन् ।
एसएमएस मार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्छन् । यसका लागि १५० वटा एसएमएस पाइने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा ५ टाइप गरि १७११९ मा एसएमएस पठाउन सक्नेछन् ।
त्यस्तै १००० एसएमएस पठाउन सकिने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा २५ टाइप गरि १७११९ मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्छन् । यी दुबै प्याक सुचारु भएको दिन देखि ३० दिनको लागि मान्य रहनेछ । ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरी ग्राहकले आफ्नो बाँकी रहेको एसएमएसको बारेमा जनकारी लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण