भाडादर कार्यान्वयन भएन, आफ्नै भान्जाबाट मामा ठगिए
सोलुखुम्बु - यातायातको नयाँ भाडादर कायम भए पनि सोलुखुम्बुका यातायात व्यवसायीबाट यसको उल्लङ्घन भइरहेको पाइएको छ । गत माघ ५ गतेबाट नयाँ भाडादर निर्धारण गरी कार्यान्वयन गर्ने सहमति भए पनि व्यवसायीले अझै यात्रुबाट बढी भाडा असुल्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय र विभिन्न यातायात व्यवसायीबीच भएको सहमतिमोजिम जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने यातायात सेवाका लागि नयाँ भाडादर कायम गरिएको थियो । बिहीबार मात्रै दूधकुण्ड यातायात, सोलु एक्सप्रेस तथा सिटी भिलेजमा सवार १० यात्रुबाट बढी भाडादर लिएको पाइएपछि बढी भाडा फिर्ता गराइएको सोलुखुम्बु अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए ।
भाडा फिर्ता हुनेमध्येका देउसा–१ सोलुखुम्बुका निसन राई पनि एक यात्रु हुन्, उनले देउसाको दिप्लीघाटबाट काठमाडौँका लागि सिटीभिलेज यातायातमा टिकट लिए, नयाँ निर्धारण गरिएको भाडादर अनुसार रु एक हजार ९५० तिर्नुपर्नेमा उहाले रु दुई हजार नै तिर्न बाध्य भए । राईले काउन्टरवालासँग भाडा समायोजन भएको कुरा दर्साउँदा उल्टै काउन्टरवाला कुमारसिं राईले रु दुई हजार नै रहेको बताएपछि आफूले पनि तिर्न परेको उनी बताउँछन् ।
यस्तै नेलेबाट कटारीसम्मका लागि रु एक हजार १५० भाडादर निर्धारण गरिएको छ । तर अर्जुन बस्नेतले सोही स्थानको यात्राका लागि रु एक हजार ४०० भाडा तिरे। बस्नेत आफ्नै भान्जाबाट ठगिएको कुरा ट्राफिक प्रहरीको जाँचपछि थाहा भयो र उनले भने – “प्रशासनको अनुगमन फितलो हुँदा मजस्ता सयौँ यात्रु ठगिन पुगेकाले अनुगमनलाई मजबुत बनाउनुपर्छ । ”
नयाँ भाडादर कायम भए पनि यातायात व्यवसायीले बढी भाडादर लिएको गुनासो बढ्न थालेपछि जाँचमा कडाइ गरिएको हो भन्छन् ट्राफिक प्रहरी इन्चार्ज भेषबहादुर थापा ।
यस्तै प्रजिअ उमेश पाण्डेले पनि अनुगमनलाई कडाइ गरिने बताउँदै केही दिनदेखि नै निर्धारित भाडादर पूर्णरुपमा कार्यान्वयन हुने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण