जिपको ठक्करले एकको मृत्यु
शुक्रबार, १४ माघ २०७३, १० : २७
दमौली - तनहुँको जामुने गाविस– २ स्थित गुणादीमा आज भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ जामुने गाविस– २ का ४२ वर्षीय चुननारायण विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।
पोखराबाट दमौली आउँदै गरेको ग १ च २८९३ नं को जिपले विपरीत दिशाबाट आउँदै गरेको ग ३ प २११३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका विकको रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण