कार्यक्रमको पारिश्रमिक घटाउन मलाई अवार्ड अफर गरियो : अक्षय
मुम्बई – बलिउड अभिनेता अक्षय कुमारले चर्चित मानिएका धेरै अवार्डहरु जितेका छैनन्, तर उनी ‘फ्यानहरुबाट पाउने पुरस्कार’ बाट नै खुसी छन् ।
एक पटक अवार्ड कार्यक्रममा प्रस्तुती दिएबापत लिने पारिश्रमिक घटाए उनलाई अवार्ड दिने अफर गरिएको उनले खुलासा पनि गरेका छन् ।
‘कहिले काहीँ अवार्ड कार्यक्रमका आयोजकले मलाई फोन गर्छन् र भन्छन्, तपाइँले कार्यक्रममा प्रस्तुती दिनुपर्यो । हामी तपाइँलाई आधा पैसा र एउटा अवार्ड दिन्छौँ,’ अक्षयले भने, ‘म उनीहरुलाई तिमीहरु आफ्नो अवार्ड आफै राख र मलाई पूरा पैसा देउ भन्छु । मेरा फ्यानहरुले उनीहरुको माया र साथको पुरस्कार दिन कहिले रोकेका छैनन् । मलाई त्यति भए पुग्छ ।’
४९ वर्षीय अभिनेतालाई रजत शर्माले आप कि अदालतमा सोधेको प्रश्नमा जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
अवार्ड नजित्ने कुराले आफूलाई कहिले असर नगरेको बताउँदै अक्षयले भने, ‘मलाई लाग्छ यो चिन्ता लिनुपर्ने विषय होइन । म अवार्डको लागि आफ्नो आत्मसम्मान गुमाउन चाहन्न । तर, कहिलेकाहीँ मेरी पत्नीले भने मलाई जिस्काउँछन्, मेरो आमाबुवा (राजेश खन्ना र डिम्पल कपाडिया) दुवै राष्ट्रिय पुरस्कार विजेता छन्, तिमी छैनौँ ।’
अक्षयले आफूलाई वलिउडमा कागको बथानमा बकुल्ला भएको पनि बताए । आफू कहिले ढिलोसम्म पार्टी नगर्ने र अरु समकक्षी जस्तो सजिले घुलमिल गर्न नसक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण