बेलायतकी विद्रोही राजकुमारी : उभिँदै छिन् ट्रम्पको विरोधमा
लण्डन – कुनै पनि उनलाई बेलायती राजपरिवारको सबैभन्दा सुन्दर सदस्य भनेर घाषित गरिएको थियो । तर, के २१ वर्षीय अमिलिया विन्डसर सबैभन्दा विद्रोही सदस्य पनि हुन् ।
राजगद्दीको लाइनमा ३६ औँ स्थानमा रहेकी अमिलिया ड्युक अफ केन्टकी नातिनी हुन् ।
तर, यी राजकुमारी भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको सातवटा मुस्लिम बहुसंख्यक देशका आप्रवासीमाथिको प्रतिबन्ध र शरणार्थीहरुको कोटा घटाउने निर्णयको विरुद्ध उभिएकी छिन् ।
उनले आफ्नो इन्सटाग्राममा सप्तरंगी अक्षरमा लेखेकी छिन्, ‘ठूलो स्वरले भन, स्पष्ट स्वरमा भन, शरणार्थीहरुलाई यहाँ स्वगत छ ।’ तस्विरमा तीनवटा हातहरु उठिरहेको पनि देखाइएको छ ।
उनले लेखेकी छिन्, ‘यो संसारमा खराबमाथि राम्रोको जीत होस् ।’
ट्रम्पले कार्यकारी आदेश जारी गरेकै दिन उनले सो पोष्ट राखेकी थिइन् ।
प्रायः राजपरिवारहरु राजनीतिक मामिलामा बोल्ने गर्दैनन् । केही दिनअघि मात्र अमिलियाले आफ्नो इस्टाग्राम एकाउन्टलाई सार्वजनिक बनाउने घोषणा गरेकी थिइन् ।
‘म आफूले देख्ने सबै राम्रो र प्रेरणादायी कुराहरु विश्वसँग बाँड्न चाहन्छु,’ उनले भनेकी थिइन् ।
यता, बेलायतमा १७ लाख मानिसले ट्रम्पले गर्ने बेलायतको राजकीय भ्रमण रोक्ने हस्ताक्षर अभियानमा हस्ताक्षर गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण