ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते
दाङ - घोराहीमा बुधबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते भएका छन् । घाइते दुबै शिक्षिकाको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
घोराही–६ निवासी ३० वर्षीया वसन्ता गौतम र सोही ठाउँ निवासी ३६ वर्षीया सिर्जना भट्ट सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये गौतमलाई टाउकामा र भट्टलाई ढाडमा चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिउका छन्।
दुवै जना जनज्योति बोर्डिङ स्कुलका शिक्षिका हुन् । सरस्वती पूजाका लागि जाँदै गर्दा उनीहरु सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो । भट्टले स्कुटी चलाएकी थिइन् । घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौँको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार घोराही–१० दामोदर चोक नजिकै सब्जी मन्डीबाट तरकारी बोकेर जाँदै गरेको लु१ख ६८९३ नंको ट्रकले उनीहरु सवार रा२प ८९६३ नंको स्कुटीलाई मोडमा ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण