नेता आचार्य एक वर्षपछि संसद्मा
बुधबार, १९ माघ २०७३, १७ : ५०
काठमाडौँ - स्वास्थ्यमा सुधार भएपछि नेपाली काँग्रेसका नेता नरहरि आचार्यले आज एक वर्षपछि व्यवस्थापिका–संसद्को बैठकमा भाग लिएका छन् ।
गत वर्षको पुस २६ गते सो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जलि दिने क्रममा हृदयाघातका कारण अचेत भएका नेता आचार्य स्वास्थ्यमा सुधार आएपछि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन् ।
उनी गाडीबाट ओर्लिएपछि सहयोगीलाई हात समाउन लगाएर बैठक कक्षमा पुगेका थिए ।
हाल पक्षघातको उपचार गराइरहनु भएका सांसद आचार्यले बैठक कक्षबाट बाहिरिएपछि पत्रकारसँग विस्तारै सबै कामलाई निरन्तरता दिने बताए।
उनले आफू लेखपढ र विचार निर्माणमा अलि अगाडिदेखि लागे पनि चिकित्सकको परामर्शमा फिजियोथेरापीमै व्यस्त रहनुपर्ने भएकाले राजनीतिक गतिविधिमा आउन ढिलो भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण