अस्थायी शिक्षकको रिले अनशन सुरु
काठमाडौँ, । अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति २०५५ ले आजदेखि केशरमहलस्थित नेपाल शिक्षक महासङ्घको कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ ।
अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउने माग सम्बोधनमा महासङ्घले चासो नदिएको भन्दै समितिले अनशन सुरु गरेको हो ।
आजको अनशनमा समितिका महासचिव महादेव भट्ट र केन्द्रीय सदस्य दानबहादुर थापामगरले भाग लिएका थिए । अनशन आरम्भ हुनुअघि समितिले महासङ्घका अध्यक्ष केशव निरौलालाई भेटी ध्यानाकर्षणपत्र बुझाएको र उनले राजनीतिक दल तथा सरकारका अधिकारीसँग अस्थायी शिक्षकका माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको समितिका केन्द्रीय सदस्य लक्ष्मीकुमार सत्यालले जानकारी दिए ।
समितिले स्थायी हुँदा अस्थायीको सेवावधि गणना गर्न, अवकाशप्राप्त अस्थायी शिक्षकलाई स्थायी सरहको औषधोपचार र उपदान दिन तथा स्वेच्छिक अवकाश लिन चाहनेलाई स्थायी सरहको सुविधा दिन पनि माग गर्दै आएको छ ।
हाल करिब २५ हजार अस्थायी सरकारी शिक्षक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण