मीरा राईलाई नागरिक अभिनन्दन
काठमाडौँ – नेसनल जोग्राफीले विश्वका साहसिक खेलका खेलाडीहरु विच प्रतिस्पर्धा गराएको अनलाईन भोटिङमा ‘एडभेन्चरर अफ दि इयर–२०१७’ को उपाधि जितेकी मीरा राईलाई काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको छ ।
छोटो समयमै अल्ट्रा/ट्रेल रेसमा विश्वमै चर्चित खेलाडीको रुपमा आफुलाई स्थापित गर्दै आएकी मीरा राईलाई वी विल राईज (हामी उठ्ने छौं) फाउण्डेसनले एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको हो । उनलाई उक्त उपाधि दिलाउन हामी उठ्ने छौं अभियानले विश्वब्यापी रुपमा छरिएर रहेका नेपालीहरुलाई मीरा राईलाई मतदान गर्न विशेष अभियान संचालन गरेको थियो । यसैगरी हङकङमा बसोवास गर्ने नेपालीहरुले मीरा राई जिताऔं अभियान संचालन गरेर उनको पक्षमा जनमत तयार पारेको थियो ।
अभिनन्दन गर्ने क्रममा मीरा राईलाई गायिका कोमल वली, अभिनेता÷उद्घोषक दिनेश डिसी, गायक आनन्द कार्की, सौन्दर्यविद् सिता पाठक, संचारकर्मी प्रभात रिमाल, खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, किर्तिमानी पर्वतारोही फूर्वा तेन्जिङ शेर्पा, संगितकार राजू सिंह र ब्यवशायिले माला र दोसल्ला लगाइदिएका थिए । यसैगरी हामी उठ्ने छौं फाउण्डेसनका संस्थापक एवं हङकङ तेक्वान्दो एसोसिएसनका मुख्य प्रशिक्षक तुलसी गुरुङ र अभिनेत्री श्वेता खड्काले अभिनन्दन पत्र र नगद ५० हजार रुपैंया प्रदान गरेका थिए । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एवं पूर्व कप्तान राजुकाजी शाक्यले नेपालको झण्डा विश्वभर फैलाउनु भन्ने शुभकामना दिदैं ठुलो आकारको नेपालको झण्डा हस्तान्तरण गरेका थिए । मीराले आफुलाई मतदान गरेर जिताए पनि यो सफलताको श्रेय सबै नेपालीहरुको भएको र यो सम्मानले आफुलाई खेलमार्फत् राष्ट्रको इज्जत बढाउने जिम्मेवारी थपेको बताउदैं मीरा राईले भनिन्– यो खेलमा नेपालले धेरै प्रगती गर्न सक्ने देखेको छु । हाम्रो भौगोलिक अवस्थाले हामीलाई यो खेलमा अझ बढी सफलता दिलाउन सक्छ । यदी कुनै महिला यो खेलमा लाग्न चाहन्छु भनेर आउछन् भने आफु सहयोग गर्न तयार रहेको मीराले बताईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण