ट्याक्टरको ठक्करबाट युवकको मृत्यु
बिहीबार, २० माघ २०७३, ०८ : २०
भीमदत्तनगर - ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्चुला लाली घर भई हाल भीमदत्तनगरपालिका–१२ ऐरीमा बस्दै आएका ३२ वर्षीय धर्मानन्द भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ढुङ्गा लिन महाकाली नदीतर्फ गइरहेको से १ त ४७५२ नंको ट्रयाक्टरले भट्टलाई प्रहरीको अञ्चल गुल्म कार्यालयअगाडि ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण