लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने
रुपन्देही - लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ ।
अस्पतालले स्वास्थ्य मन्त्रालयबाट फार्मेसी सञ्चालनका लागि रु १५ लाख बीउ पुँजी पाए पछि फार्मेसी सञ्चालनको तयारी थालिएको हो । अस्पताल प्रमुख डा विकास देवकोटाले भने – “मन्त्रालयबाट बजेट पनि पाइसकेका छौँ । फार्मेसी सञ्चालन गर्ने अन्तिम तयारीमा छौँ ।” अस्पतालमा फार्मेसी सञ्चालन भएपछि बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् ।
कात्तिक महिनामा अस्पतालको आइसियु (सघन उपचार कक्ष) उद्घाटन गर्न बुटवलमा आउनुभएका स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालभित्र फार्मेसी तत्काल सञ्चालन गर्न निर्देशन दिएका थिए । उनले बजेट अभाव हुन नदिने तर अस्पताल परिसरबाट बिरामीले सहज रुपमा औषधि खरिद गर्न पाउने व्यवस्था गर्न भनेका थिए ।
अस्पतालमा दैनिक ८०० देखि एक हजारसम्म बिरामी आउने गरेका छन् । बिरामीको सङ्ख्या बढेर निकै लामो लाम लाग्नुपर्ने भएपछि अस्पतालले हालै टोकन प्रणाली लागू गरेको छ ।
स्वास्थ्य मन्त्रालयबाट बिहान १० देखि ५ बजेसम्म सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन आएको र यसै अनुसार तयारी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण