ट्र्याक्टरबाट लडेर विद्यार्थीको मृत्यु
बिहीबार, २० माघ २०७३, ०८ : ४०
लहान - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित सडकमा आज दिउँसो ट्र्याक्टरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी धनगढी गाविस– १ का १३ वर्षीय सुरज मण्डल रहेको प्रहरीले जनाएको छ ।
लहानस्थित ज्ञानज्योति पाठशालामा अध्ययनरत सुरज साथीसँगै सरस्वती पूजाको मूर्ति सेलाउन बलान खोलातर्फ जाने क्रममा स १ त २६८७ नम्बरको ट्र्याक्टरबाट सडकमा लडेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण