के तपाईं पनि पिसाब रोकेर बस्नुहुन्छ ? हुनसक्छ यी १० नोक्सानी
थुप्रै मानिसहरु आफ्नो व्यस्त दैनिकी वा कुनै अन्य कारणले घण्टौंसम्म पिसाब रोकेर बस्ने गर्दछन् । तर दुई वा तीन घण्टाभन्दा धेरै समयसम्म पिसाब रोकर राख्दा थुप्रै प्रकारका स्वास्थ्य समस्या देखिने गर्दछ । लामो समयसम्म पिसाब रोकेर राख्दा हुने नोक्सानीबारे यहाँ जानकारी दिइएको छ ।
मृगौला पत्थरीः
पिसाबमा युरिया र एमिनो एसिडजस्ता टक्सिन तत्व हुन्छन् । यदि हामीले नियमित लामो समयसम्म पिसाब रोकेर राख्छौं भने यो मृगौलासम्म पुगेर पत्थरीको समस्या निम्त्याउन सक्छ ।
मूत्र नलीको संक्रमणः
लामो समयसम्म पिसाब रोक्दा पिसाब थैलीमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । यो ब्याक्टेरिया मूत्र नली संक्रमणका लागि जिम्मेवार हुन्छ ।
पिसाब थैली सुन्निनेः
लामो समयसम्म पिसाब रोकेर बस्दा पिसाब थैली सुन्निन थाल्छ । यस्तोमा पिसाब फेर्ने समयमा निकै पीडा पनि हुनसक्छ ।
मृगौलाले काम गर्न बन्द गर्छः
धेरैसमयसम्म पिसाब रोक्दा मृगौलामा दबाब पर्छ । यसका कारण मृगौलाले पूर्ण रुपमा काम गर्न नै बन्द गरिदिन सक्छ ।
पिसाबको रंग परिवर्तन हुनुः
लामो समयसम्म पिसाब रोकेर राख्दा पिसाबमा ब्याक्टेरिया बन्न थाल्छ । यसका कारण पिसाबको रंग गाढा र गन्धयुक्त हुने गर्दछ ।
मांसपेशी कमजोर हुनुः
यसो गर्दा मूत्र थैली तन्किने गर्दछ । यस्तोमा थैलीको मांसपेशी कमजोर हुन थाल्छ भने पीडा पनि हुन थाल्छ ।
पिसाबको रंगबाट रोगको संकेतः
गाढा पहेंलो रंगः
यो रंगले कलेजो, जन्डिस र रगतको कमीको संकेत गर्दछ । थुप्रै पटक औषधीका कारण पनि यसको रंग गाढा हुने गर्दछ ।
गाढा रातोः
यो रंग मलेरिया वा मृगौलाको खराबीको संकेत हुनसक्छ ।
दुधजस्तो सेतो रंगः
यो रंग पिसाबमा धेरै ब्याक्टेरिया हुनु, एलर्जी र मृगौला पत्थरीको संकेत हुन सक्छ ।
रातोः
यो रंग मृगौला पत्थरी वा ट्युमरको संकेत हुनसक्छ । औषधीको असरका कारण पनि पिसाबको रङ रातो हुनसक्छ ।
निलोः
यो रंग पिसाबमा धेरै मात्रामा ब्याक्टेरिया हुनुको संकेत हुनसक्छ । थुप्रै पटक पिसाबको निलो रङ कृत्रिम रंङ खाँदा पनि हुने गर्दछ ।
गाढा खैरो रंगः
यो रंग कलेजोको खराबी वा जन्डिसको संकेत पनि हुनसक्छ ।
चकलेट रंगः
यो रंग पत्थरी, मृगौलामा रगत जम्नु वा ट्युमरमा जमेको रगत पिसाबमा आएको संकेत हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण