राजपाको प्रतिक्रिया– प्रचण्डको राजीनामा स्वभाविक
बुधबार, १० जेठ २०७४, २० : २३
काठमाडौं, जेठ १०– छ मधेसवादी दलबीच एकता भइ बनेको राष्ट्रिय जनता पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा स्वभाविकै भएको प्रतिक्रिया दिएको छ ।
पार्टीका नेता महन्थ ठाकुरले काँग्रेससँग भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर ठीकै गरेको बताए ।
उनले नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि पार्टी सहभागी/नहुने निर्णय लिने पनि स्पष्ट गरे । स्थानीय तहको संख्या थप गरेपछिको परिस्थितिबारे छलफल गर्न बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले प्रधानमन्त्री प्रचण्डको राजीनामा स्वभाविकै भएको निष्कर्ष निकालेको नेता ठाकुरले बताए ।
राष्ट्रिय जनता पार्टी भित्र निर्वाचनमा भाग लिन वातावरण तयार भए/नभएको विषयमा छलफल सुरु भएको छ । विहीबार बस्ने बैठकले त्यस सम्बन्धमा ठोस धारणा तय गर्ने नेता ठाकुरले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण