प्रेस सेन्टरले सेन स्मृति दिवस देशब्यापी रुपमा मनाउने
बुधबार, १० जेठ २०७४, २० : ५४
काठमाडौं, जेठ १०– प्रेस सेन्टर नेपालले १५ औं कृष्ण सेन इच्छुक स्मृति दिवस देशव्यापी भव्य रुपमा मनाउने निर्णय गरेको छ । प्रेस सेन्टर नेपालको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले सेनको हत्या भएको दिन जेठ १३ गते काठमाडौंमा केन्द्रीय समितिको आयोजना र देशव्यापी शाखाहरुको आयोजनामा सेन स्मृति दिवस मनाउने निर्णय गरेको हो ।
पत्रकार तथा साहित्यकार सेनको २०५९ जेठ १३ गते प्रहरीले हत्या गरेको थियो । सेनको हत्या भएको दिनलाई सेन स्मृति दिवसको रुपमा मनाइदै आएको छ ।
‘हामीले धेरै पहिलेदेखि महान् सहिद सेनको स्मृति दिवस मनाउँदै आएका छौँ । यसवर्ष पनि काठमाडौंमा केन्द्रीय समितिको आयोजना र देशभर शाखाहरुको आयोजनामा भव्य रुपमा मनाउने निर्णय गरेका छौँ’, प्रेस सेन्टरका महासचिव विष्णु सापकाटाले भने, ‘अझै सेनका हत्याराहरु कानुनी दायरामा आउन सकेका छैनन्, सेनको सपना पूरा गर्न र उहाँका हत्याराहरुलाई कानुनको दायरामा ल्याउन खबरदारी गर्दै यो दिवस मनाउँदैछौँ ।’
महासचिव सापकोटाकाअनुसार प्रेस सेन्टरले क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, प्रेस सोसाइटीलगायतलाई सेन स्मृति दिवस संयुक्त रुपमा मनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । उनकाअनुसार काठमाडौंमा केन्द्रीय समितिको आयोजनामा १३ गते विहान ७ बजे नयाँ बानेश्वरबाट प्रभातफेरी सुरु गर्ने र माइतीघर मण्डलापुगेपछि कोणसभा हुनेछ ।
पुरस्कार दिन छनौट समिति
प्रेस सेन्टरले ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७४’का लागि सेन्टरका उपाध्यक्ष ओम शर्माका संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ । सेन्टरका महासचिव सापकोटाले सेन स्मृति दिवसकै दिन पुरस्कार प्रदान गरिने बताए ।
‘प्रभातफेरीपछि कोणसभा र सेन स्मृति पुरस्कार वितरणसभा आयोजना हुनेछ’, उनले भने । सेन्टरले सेन स्मृति दिवसमा आयोजित कार्यक्रममा उपस्थित हुन पत्रकार संघ सम्बन्धित संघ संस्थाहरुलाई अनुरोधसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण