शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हनुमन्ते खोला सफाइबारे छलफल

बिहीबार, ११ जेठ २०७४, ०८ : ४२
बिहीबार, ११ जेठ २०७४
भक्तपुर - भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले हनुमन्ते खोला सफाइबारे छलफल तथा परामर्श गर्नुभएको छ । भक्तपुर नगरको ढल व्यवस्थापन गरी हनुमन्ते खोलाको सफाइबारे उहाँले फोहर ढल व्यवस्थापन परियोजनाका अधिकारीसँग बुधबार आफ्नै कार्यकक्षमा छलफल तथा परामर्श गरेका हुन् । सो अवसरमा नगरप्रमुख प्रजापतिले नगरको ढललाई व्यवस्थित गर्नुपर्ने, फोहर ढल सिधै खोलामा मिसाउने कार्य रोकेर प्रशोद्धनपछि मात्र खोलामा पठाउने व्यवस्था बन्दोबस्त गर्नुपर्ने, हाल हनुमन्ते खोलामा निर्माणाधीन ढलको पाइप सानो भएकाले लिवाली, तुमचो दुगुरे, चोखा, कमलविनायकलगायत स्थानको फोहर पानी थेग्न नसक्ने अवस्थामा रहेकाले त्यसको राम्रो अध्ययन गरी सुधार गर्नुपर्नेमा प्राविधिक परामर्शदाता टोलीका सदस्यहरुको ध्यानाकर्षण गराए । राम्रो अध्ययन र स्थानीयवासीसँग छलफल गरी योजना अगाडि बढाउँदा त्यसको काम परिपक्व र स्थायित्व हुने बताउँदै उनले ढल खानेपानीसँग पनि सम्बन्धित भएकाले शुक्रबार अन्य सरोकारवालासँग पनि थप छलफल गर्ने जानकारी दिए । छलफलमा परियोजनाका परामर्शदाता समूहका वरिष्ठ इन्जिनियर ढुण्डिराज दाहाल, समाजशास्त्रीहरु मुकुण्डराज अर्याल र मीन दाहाल तथा भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष राजकृष्ण गोरा र भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेललगायतको सहभागीता थियोे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप