संसारका पाँच अचम्मका विश्व रेकर्ड, जसमाथि विश्वास गर्न मुश्किल
एजेन्सी जेठ १६ – संसारभरी यस्ता थुप्रै मािनसहरु छन् जो आफ्नो अचम्मको रेकर्डका कारण सधैं चर्चामा रहिरहन्छन् । यसमध्ये कोही सबैभन्दा लामो तरवार निलेका कारण चर्चामा छन् भने कोही कम समयमा नै हातले खरबुजा फुटाउने रेकर्ड समावेश छन् । आज हामी तपाईंलाई यस्तै पाँच अचम्मका विश्व रेकर्डबारे जानकारी दिँदै छौं ।
शरिरमा आगो लगाएर घोडाले घिसारेको रेकर्डः
अष्ट्रियाका जोसेफ टोटलिंग (Josef Tödtling) को नाममा यस्तो रेकर्ड दर्ता भएको छ जसबारे थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला । यी व्यक्तिको नाममा आफ्नो शरिरमा आगो लगाएर घोडाले घिसारेको अचम्मको रेकर्ड छ । जोसेफले यो रेकर्ड अष्ट्रियाको स्टायरियामा सन् २०१५ जून २७ तारिखमा बनाएका थिए । जोसेफको आगो लागेको शरिरलाई घोडाले पाँच सय मिटरसम्म तानेको थियो । यद्यपी, त्यतिबेला उनले यस्तो लुगा लगाएका थिए जसले आगो लाग्दा पनि शरिरमा केही नोक्सानी पुर्याउँदैन । उक्त रेकर्डपश्चात् जोसेफको आगो लागेको शरिरलाई बाइकले पनि ५ सय ८२ मिटरसम्म तानेको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा जोसेफ एक्ला व्यक्ति हुन् जसको नाममा यो रेकर्ड दर्ता छ ।
२. सबैभन्दा लामो तरवार निलेको रेकर्डः
अमेरिकामा बस्ने नताशा वेरुस्का (Natasha Veruschka) को नाममा सबैभन्दा लामो तरवार निलेको रेकर्ड दर्ता छ । उनले सन् २००९ फेब्रुअरी २८ तारिखमा ५८ सेन्टिमिटरको तरवार निकै सजिलै निलेर बाहिर निकालेकी थिइन् ।
३. एकैपटक चारसय वटा स्ट्र मुखभित्र राखेर रेकर्डः
बेलायतमा बस्ने साइमन एलमोरको नाम एकैपटक चारसयवटा स्ट्र मुखभित्र राखेको रेकर्ड छ । सन् २००९ को अगस्ट ६ तारिखमा जर्मनीमा साइमनले ४ सय स्ट्रलाई करिब १० सेकेन्डसम्म आफ्नो मुखभित्र राखेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन् ।
४. एक मिनेटमा सबैभन्दा धेरै टेलिफोन डाइरेक्ट्री च्यात्ने रेकर्ड
टेक्सासमा बस्ने लिन्सी लिंडबर्ग (Linsey Lindberg) लाई संसारको सबैभन्दा बलियो महिला भनिन्छ । उनको नाममा एक मिनेटमा सबैभन्दा धेरै टेलिफोन डाइरेक्ट्री च्यातेको रेकर्ड छ । सन् २०१४ को नोभेम्बर १६ तारिखमा उनले एक मिनेटमा एक हजार पाना भएको ५ टेलिफोन डाइरेक्ट्री च्यातेर अचम्मको रेकर्ड आफ्नो नाममा दर्ता गरेकी छिन् । यसका साथै, उनले फलामको चेनलाई निकै सजिलै आफ्नो हातले तोड्छिन् ।
५. एक मिनेटमा सबैभन्दा धेरै खरबुजा तोड्ने रेकर्डः
युक्रृेनमा बस्ने ओल्गा लिशचुक (Olga Liashchuk) ले निकै अचम्मको रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएकी छिन् । ओल्गाले १४.६५ सेकेन्डमा आफ्नो तिघ्राले तीनवटा खरबुजा तोडेर विश्व रेकर्ड बनाएकी छिन् । उनले यो रेकर्ड सन् २०१४ को जून २६ तारिखमा इटालीको मिलन शहरमा बनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण