साउथ चाइना सीलाई लिएर अमेरिका र चीनबीच बढ्यो टकराव
आइतबार, १७ पुस २०७९, १३ : २०
चीनको रक्षा मन्त्रालयले शनिबार एक अमेरिकी लडाकु विमानले दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ ।
यो घटना दश दिन अघिको हो । चीनले अमेरिकी लडाकु विमानले चिनियाँ विमानलाई चुनौती दिँदै चिनियाँ पाइलटको ज्यान जोखिममा पारेको बताएको छ ।
यस हप्ताको सुरुमा अमेरिकी सेनाले चिनियाँ नौसेनाको लडाकु विमान अमेरिकी विमानको तीन मिटर टाढाबाट यात्रा गरेको बताएको थियो ।
स्थिति टक्करको विन्दुमा पुगेको र अमेरिकी विमान यसबाट बच्न बाध्य भएको अमेरिकाले जनाएको छ ।
अमेरिकी पक्षका अनुसार यो घटना पारसेल टापु नजिकैको विवादित क्षेत्रमा भएको हो ।
चिनियाँ प्रवक्ताले अमेरिकाले यस घटनाको जानकारी दिएर अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गरेको बताएका छन् ।
चीन, ताइवान र भियतनामले पारासेल टापुहरू वरपरको पानीमा आफ्नो अधिकार दाबी गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण