आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय नम्बरको गाडीसहित ठुलो परिमाणमा गाँजा बरामद

सोमबार, १८ पुस २०७९, ०७ : २२
सोमबार, १८ पुस २०७९

रौतहट । भारतीय नम्बर प्लेटको बोलेरो गाडी र मोटरसाइकलसहित रौतहट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको दक्षिणी भेग राजपुर नगरपालिका–१ पिपरा भगवानपुर चौकछेउ पिपराटोलबाट जेएच १० एक्स ४२१२ नम्बरको गाडीबाट प्रहरीले १३ पोका ९९ किलो लागु औषध गाँजा बरामद गरेको हो। गाडी छेउमै बेवारिसे अवस्थामा ठड्याइएको बिआर ३० यु ०४७०४ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद  गरेको छ । 

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले पिपरा टोलमा गाँजाको कारोबार भइरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले रोकिराखेको भारतीय नम्बरको बोलेरोको चेकजाँच गर्दा गाँजा बरामद भएको बताएका छन् । सोही गाडी छेउमा रोकिराखेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको एसपी बुढामगरले जानकारी दिएका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर प्रसाद यादवले गाँजा तस्करीमा संलग्न  तस्करहरू प्रहरी टोली आएको चाल पाएर गाडी सहितको गाँजा र मोटरसाइकल उक्त स्थानमा छोडेर भागेको हुनसक्ने अनुमान गरेका छन् । बरामद गाँजा,गाडी र मोटरसाइकल नियन्त्रणमा रहेको तथा सो बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप