कोलम्बियामा भएको युद्धविरामको राष्ट्रसङ्घद्वारा स्वागत
अमेरिका । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् । उनले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।
कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँच ओटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महिना अवधिका लागि युद्धविराम गर्ने सम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए । कोलम्बियाका राष्ट्रपतिले नयाँ वर्ष सन् २०२३ को शुभकामना सन्देश दिने क्रममा गत डिसेम्बर ३१ का दिन सम्बोधन गर्दै यहाँका सशस्त्र पाँच विद्रोही समूहसँग कोलम्बिया सरकारले युद्धविराम गरेको जनाएका थिए ।
उनले सो युद्धविरामको अवस्था यही सन् २०२३ को जनवरीदेखि आगामी जुन ३० तारिखसम्म कायम रहने पनि बताएका थिए । कोलम्बियामा युद्धविरामसँगै विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँ शान्ति स्थापनाको आशा यहाँका नागरिकमा बढेको संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।
यही युद्धविरामको अवधिमा यहाँका सबै सशस्त्र समूहहरुसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने र यसका माध्यमबाट देशमा शान्ति स्थापना गर्ने विषयमा सबै पक्ष लाग्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
यो युद्धविरामको सही सदुपयोग गरेर कोलम्बियामा शान्ति स्थापनाको काममा लाग्न पनि महासचिव गुटरेसले कोलम्बियाका सबै पक्षसँग आग्रह पनि गरेका छन् । उनका प्रवक्ता डुजारिकले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा कोलम्बियामा शान्ति स्थापनाका लागि आवश्यक सबै सहयोग गर्न संयुक्त राष्ट्रसंघ सदैव तत्पर रहेको पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
-
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदैछौँ : कार्यकारी निर्देशक पौडेल
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण