मिर्चैया नगरपालिकाद्वारा आगो ताप्ने व्यवस्था
सिरहा । तराई मधेसमा चिसो बढ्दै गएपछि चिसोबाट बचाउनका लागि सिरहाको मिर्चैया नगरपालिकाले आज मिर्चैयाको कटारी चोक, थाना चोकसहित विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
आज बिहानदेखि झनै चिसो बढेकाले बाटो हुँदै जाने यात्री, सामान किनमेल गर्न बजार आउनेलाई लक्षित गरी चिसोबाट बचाउने भनी दाउरा वितरण गरेको मिर्चैयाका नगर प्रमुख श्रवण यादवले जानकारी दिए । जिल्लाको मुख्य व्यापारिक केन्द्र लहानमा सशस्त्र प्रहरी बल नेपालले बजारको मुख्य चोक, भीडभाड हुने स्थान लक्षित गरी दाउरा बालेको हो ।
तराई मधेसमा बाक्लो हुस्सु तथा कुहिरोका कारण अत्यधिकरूपमा चिसो बढ्न गएकाले सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सामुदायिक विद्यालयहरू २०७९ साल पुस २२ गते सम्मका लागि बन्द गरेको शिक्षा अधिकृत कृष्णकुमार यादवले बताए । आज बिहानदेखि सिरहा जिल्लामा बाक्लो हुस्सु लागेको र चिसो बढेकाले बालबालिका, वृद्धवृद्धासहित जिल्लाको जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण