शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

१७ औं वार्षिकोत्सवको अवसरमा एकसाथ  १३ वटा नयाँ शाखा

मङ्गलबार, १९ पुस २०७९, १६ : ०३
मङ्गलबार, १९ पुस २०७९

मुक्तिनाथ विकास बैंक मंगलबार १७ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा समुद्घाटन गरेको छ । 

उक्त समारोहको समुद्घाटन गर्दै बैंकका अध्यक्ष भरत राज ढकालले १७ औं बर्षको सहयात्रमा साथ दिने शेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे । 

साथै, ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे । 
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप