राजनीति
सिंहदरबारबाट प्रचण्डको निरीक्षणदेखि निर्देशनसम्म (तस्बिरहरु)
बुधबार, २० पुस २०७९, १५ : ०२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार क्षेत्रको अवलोकन गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् । सो क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् ।
प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका हुन् । यसैगरी प्रधानमन्त्रीसले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरेका थिए ।
सो क्रममा मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा बिस्तृत जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची