बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ता साझेदार दलको बैठक : न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने

बुधबार, २० पुस २०७९, १९ : १३
बुधबार, २० पुस २०७९

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारले थालेका कामहरूको समीक्षा भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारले जनताको जनजीविकालाई सहज बनाउने गरी गर्न सकिने कामहरुबारे छलफल भएको हो । 

बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोलिसम्म न्यूनतम साझा कार्यक्रमले अन्तिम रूप दिने तयारी भइरहेको बताए । बैठकमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर भएका कामहरूका साथै नीतिगत परिवर्तन ल्याउनेगरी  छलफल भएको छ । बैठकमा  मन्त्रालय फुटाउने  भनेर आएका समाचारका बारेमा समेत नेताहरुबीच कुराकानी भएको छ । मन्त्री लामिछानेले गठबन्धनको बैठकमा मन्त्रालय फुटाउनेबारे कुनै छलफल नभएको र त्यस्तो सोच समेत नभएको बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता दिने गठबन्धनको तयारी छ । मन्त्री लामिछानेले आजको बैठक अनौपचारिक भएकाले समग्र विषयमा छलफल र कुराकानी भएपनि ठोस कुनै निर्णय नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप