जसपामा संसदीय दलका चयन गर्ने प्रक्रिया सुरु
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न प्रक्रिया सुरु भएको छ । संसदीय दलको विधान तयार गरी बिहीबार त्यसमा छलफल चलिरहेको हो ।
जसपा प्रदेश सभा सदस्य रामअषिश यादवका अनुसार अहिले संसदीय दलको विधानमा छलफल चलिरहेको छ । विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रियामा प्रवेश गर्ने उनले बताए ।
मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाउने भएपछि संसदीय दलको नेतामा धेरै नेताको आकर्षण बढेको छ । जसपाका प्रदेशसभा सदस्य लालबाबु राउत, राजकुमार गुप्ता, रामअषिश यादव, सरोज यादवलगायतले संसदीय दलका नेताका लागि प्रयास गरिरहेका छन् ।
यद्यपि सरोज यादवलाई संसदीय दलको नेता बनाउने कुरा केन्द्रीय तहबाट संकेत दिइसकेको बताइन्छ । यसअघि लालबाबु राउत संसदीय दलको नेता थिए र उनी हालसम्म त्यहाँका मुख्यमन्त्री हुन् । उनले पुनः संसदीय दलका नेताका लागि प्रयास गरिरहेका छन् । सरोज यादव यसअघि प्रदेश सभाका सभामुख थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण