शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डिसेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगार दरमा वृद्धि, वेतन वृद्धिमा सुस्तता

बिहीबार, २१ पुस २०७९, २१ : २५
बिहीबार, २१ पुस २०७९

काठमाडौं । संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ, यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले बिहीबार जनाएको छ ।

एडीपीको सर्वेक्षणअनुसार गत महिना निजी रोजगारीमा दुई लाख ३५ हजारले वृद्धि भएको छ । यो विश्लेषकले अपेक्षा गरेभन्दा बढी हो । एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचार्डसनले भने, “श्रम बजार बलियो छ तर खण्डित छ, उद्योग र प्रतिष्ठानको आकारअनुसार कामदारमा तीव्र भिन्नता छ ।”

“विशेष गरी गत वर्षको पहिलो छ महिनामा आक्रामक रूपमा काम गर्ने फर्महरूले आफ्नो गतिलाई कम गरे, र केही उदाहरणहरूमा वर्षको अन्तिम महिनामा रोजगारी कटौती गरेका छन्, उनले थपे ।  विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा बढ्दो मुद्रास्फीतिलाई कम गर्न सङ्घर्ष गरिरहेका बेला नीति निर्माताहरूले श्रम बजारलाई एक प्रमुख क्षेत्रको रूपमा हेरिरहेका छन् । 

चिन्ताको एउटा क्षेत्र भनेको बढ्दो ज्याला हो । किनकि कम्पनीहरूले कामदारहरू भेट्न र कायम राख्न प्रतिस्पर्धा गरे र यसले सेवाहरूको लागि बढ्दो लागतलाई वृद्धि गरेको छ । यसको कारणले गर्दा मुद्रास्फीतिलाई अधिक स्थिर बनाउनेछ । एडीपीको तथ्याङ्कअनुसार डिसेम्बरमा कामदारहरूले मार्च २०२२ पछि सबैभन्दा कम तलब वृद्धि देखेका छन्, जसले सम्भवतः केही राहत ल्याएको छ ।

कर्मचारीहरूको वार्षिक तलब लाभ हालसालै संशोधित रिपोर्टमा ७.३ प्रतिशतमा झरेको छ । एडीपीले भनेको छ, “डिसेम्बरमा तीन वर्षको शृङ्खलाको इतिहासमा रोजगारीमा स्थिर रहनेहरूको तलब वृद्धिमा सबैभन्दा ठूलो गिरावट आएको छ ।”

रोजगारी परिवर्तन गर्नेहरूको वार्षिक तलब १५.२ प्रतिशतले बढेको छ । एडीपीका अनुसार डिसेम्बरमा साना फर्महरूमा बलियो रोजगारीको अवसरहरू सिर्जना भएपनि ठूला प्रतिष्ठानहरूमा एक लाख ५१ हजार रोजगारीका अवसरहरू गुमेका छन् । 

व्यापार र यातायातजस्ता अन्य क्षेत्रमा नोक्सानी भए पनि अवकाश र आतिथ्यमा ठूलो वृद्धि देखिएको छ । यो तथ्याङ्कले शुक्रबार सार्वजनिक हुने सरकारी रोजगार प्रतिवेदनको पूर्वावलोकन प्रदान गर्न सक्छ, यद्यपि एडीपी रिपोर्ट सधैं आधिकारिक तथ्याङ्कसँग मेल खाँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप