कविताः माघ
पुस मसान्तमा
कुन्टल भरको सुरा मारेर
मासु पकाएर
तल डुम्नौह्वा बारीको तरुल उसिनेर
झर्नैह्याँ खेतमा फलेको
अन्डीको रोटी पकाएर
बुडिले गोँरि हालेको
आमाले तयार पारेको
पैनसटोपीमा ढिक्रि बफाएर
चैत, वैशाखको उखर्माउलो गर्मीमा
संकलन गरेको मौह्वाको डारु बनाएर
रातभरि मुढा ताप्दै
ढुम्रु गाउँदै
गाउँको दक्षिणको कुलोमा नुहाइ सकेपछि
दाल, चामल, नुन भाग निकाल्दै
बुडि बुबा, डाइ, बाबालाई सेवाढोग लाग्दै
पुसको साँझ पकाएको
कुन्टल्ह्या सुराको मासुसँग
अन्डिको रोटी, ढिक्रि खाँदै
डुम्नौह्वा बारीको तरुल खाँदै
जाँरको झ्वार र मौह्वक डारु पिउँदै
माघ एक गते साँझबाट छोक्रा नाच्दै
दुइ गते आफ्ना दिदी बहिनीलाई निसराउ दिदै
अनि वर्ष भरिको योजना बनाउँदै
आफ्नो प्रतिनिधि बरघर, मटावाँ चुन्दै
हामी पश्चिमा थारू माघ मनाउँछौ ।
तिमी आफ्नो घरमा बसेर
आफ्नो कोन्टिमा बसेर
माघ महिनामा मनाउने भएर
‘माघ’ भएको भन्दै गर
यो थारूको पर्व होइन भन्दै गर ।
ठाकुरद्वारा, बर्दिया
......
शब्दार्थः
सुरा– सुंगुर
बुडि– बजै
गोँरि– ढकिया बनाउने कामको सुरुवात
पैनसटोपी– मम जस्तै परिकार ढिक्रि बफाउने भाँडा
डारु– रक्सी
डाइ– आमा
निसराउ– कोसेली
कोन्टि– कोठा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण