आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडी र मैदान

शनिबार, २३ पुस २०७९, १२ : ३५
शनिबार, २३ पुस २०७९

तिमी मैदानको खेलाडी हौ,
दर्शक होइनौ ।
बाबु, त्यसैले त न आत्तिनु है

ठेस लाग्न सक्छ
घँुडा फुट्न सक्छ
भाग्य चुक्न सक्छ
परिस्थिति फेरिन सक्छ
दर्शक रिसाउन सक्छ
खेलाडी परिवर्तन हुन सक्छ
समय अभाव हुन सक्छ
कोचले फिर्ता बोलाउन सक्छ
बाबु, कत्ति पनि बिचलित नहुनु है 
अनि पो तिमी खेलाडी जस्तो देखिनेछौ ।
मिनेट मिनेटमा लड्नुपर्छ
धुलो टक्टकाउँदै आफै उठनुपर्छ 
बाबु, त्यसैले नआत्तिनु है ।

तिमी खेलाडी हौ
समयको सिपाही हौ
विपक्षको दुश्मन हौ
आफन्तको ऐना हौ
परिवारको सपना हौ
लक्ष्यको निर्णायक हौ
लाखौंको नजर हौ
करोडौंको विपक्ष हौ
बाबु, कत्ति पनि बिचलित नहुनु है 
अनि पो तिमी खेलाडी जस्तो देखिने छौ ।

सेकेन्डमै स्वास रोकिन सक्छ
सेकेन्डमै लक्ष्य पुगिन सक्छ ।
बाबु, त्यसैले त न आत्तिनु,

तिमी खेलाडी हौ
पानी प्यास लाग्न सक्छ
आफन्त पराई हुन सक्छ
दुश्मन बलियो हुन सक्छ
समय गलत हुन सक्छ
मनमा चिसो पर्न सक्छ
भाग्यले ठग्न सक्छ
देवी देउता रिसाउन सक्छ
बाटो भत्किन सक्छ
प्रकाश नपर्न सक्छ
बाबु, कत्ति पनि बिचलित नहुनु है 
अनि पो तिमी खेलाडी जस्तो देखिनेछौँ ।

तिमी यात्रामा एक्लो हुन सक्छौ
दोबाटोको पिर पर्न सक्छ
बाबु, त्यसैले त न आत्तिनु है,

गोजी रित्तो हुन सक्छ
खाना नमिल्दो हुन सक्छ
यात्रा असहज हुन सक्छ
विज्ञान गलत हुन सक्छ
मौसम धमिलो देखिन सक्छ
वातावरण नराम्रो हुन सक्छ
वनजङ्गल उजाड देखिन सक्छ
रातो कालो देखिन सक्छ
कालो रातो देखिन सक्छ
साथी पराई देखिन सक्छ
दुश्मन आफ्नो देखिन सक्छ
बाबु, कत्ति पनि बिचलित नहुनु है 
अनि पो तिमी खेलाडी जस्तो देखिनेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नयन जङ्ग कुँवर
नयन जङ्ग कुँवर
लेखकबाट थप