शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सिरहामा गोली चल्यो

आइतबार, २४ पुस २०७९, १३ : ५४
आइतबार, २४ पुस २०७९

काठमाडौं । सिरहाकाको मिर्चैयामा गोली चलेको छ । मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । प्र्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । 

भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् ।  सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरुको आरोप छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप