शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको मृत्युपछि सिरहामा तनाव
काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा छात्राले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिइन् । शिक्षिकाले दिएको स्प्रिट पिउँदा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सिर्जना कुमारी महराको मृत्यु भएको छ । पुस २२ मा महिनावारी भएर पेट दुखेपछि सिर्जनाले औषधी मगाइन् । औषधी खान पानी माग्दा शिक्षिका अम्बिका लम्सालले दिएको स्प्रिट पिउँदा उनी अस्वस्थ भइन् । पानी भनेर झुक्किएर स्प्रिट दिने शिक्षिकालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । डीएसपी बुढाथोकीले भने– ‘शिक्षिकालाई सोधपुछ गर्ने र अरु अनुसन्धान पनि अघि बढाएका छौं ।’
सिरहा नगरपालिका–११ भलुवाही घर भएकी सिर्जनाको उपचारको क्रममा कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा शनिबार साँझ मृत्यु भएको हो । छात्राको मृत्युपछि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि ६ राउन्ड हवाई फायर गरिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।
प्रहरी र प्रदर्शनकारी बीच झडपमा हुँदा मिर्चैयाका डीएसपी हरि ओलीसहित ७ जना प्रहरी घाइते भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण