बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान

आइतबार, २४ पुस २०७९, २१ : ५९
आइतबार, २४ पुस २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन बनेको थियो । नयाँ प्रशिक्षकका लागि क्यानले आइतबार दरखास्त आह्वान गरेको हो । 

क्यानले मुख्य प्रशिक्षक बन्न इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै जनवरी १४ सम्म दरखास्त दिन सक्ने छन् । नेपाली क्रिकेटले पछिल्लो दुई वर्षको अन्तरालमा तीन प्रशिक्षक परिवर्तन गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप