कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडमा रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०७९ समेतलाई आधार मानेर बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको हो ।
न्यूनतम शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र बैंकको मुख्य कार्यालय काठमाडौँ स्थित कम्पनी सचिवालयमा आवेदन दिन सक्नेछन् । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको आधारमा उम्मेदवारहरू मध्ये सम्भव भएसम्म पाँच जना उम्मेदवारलाई सर्ट लिष्टिङ्ग गरी व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने