अस्ट्रेलियाबाट फर्केर विद्यार्थीका लागि परामर्श केन्द्र

काठमाडौँ। पछिल्लो समय युवाहरूको जमात वैदेशिक शिक्षा अध्ययनका क्रममा विदेसिने लहर बढ्दै आएको छ । माध्यमिक शिक्षा नेपालमै सकाएपछि उच्च शिक्षा हासिल गर्नका लागी अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायत विभिन्न देशहरुमा नेपाली युवाहरू पुगेको पाइन्छ ।
नेपालमा युवाहरूलाई परामर्श दिनका लागी विभिन्न कन्सल्टेन्सीहरू खुलेका छन् । युवाहरूको भविष्य सुनिश्चित गर्नका लागि अस्ट्रेलियामै उच्च शिक्षा सकाएर आएका अञ्जन भट्टराई र सुधीर वस्तिले एआरसी एजुकेसन कन्सल्टेन्सी खोलेका छन् । काठमाडौँ न्यु प्लाजा स्थित बज्र कम्प्लेक्सको पाँचौँ तलामा रहेको कन्सल्टेन्सीले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूलाई परामर्श दिने गरेको छ ।
कन्सल्टेन्सीले अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायत विभिन्न देशहरुमा विद्यार्थीहरूलाई अध्ययनका लागि पठाउने गरेको छ। उच्च शिक्षा हासिल गर्नका लागी विभिन्न देशहरुमा विद्यार्थीहरूलाई पठाउने मात्र नभएर विदेश पुगेर कसरी आफ्नो जीविकोपार्जन गर्न सकिन्छ भन्ने तालिम पनि दिइरहेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अञ्जन भट्टराईले बताए। कन्सल्टेन्सीले IELTS , PTE , GMAT , GRE , लगायत विभिन्न भाषाहरूको कक्षाहरू पनि सञ्चालन गर्ने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’