मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा मध्यराति हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित आसपासका जिल्लामा मेघ गर्जनसहित हावाहुरी चल्नुका साथै क्षणिक वर्षा भएको हो । हावाहुरी चल्दा विभिन्न स्थानमा विजुली गएपछि केही समय अन्धकार समेत भएको थियो ।
यसअघि २४ घण्टाको पूर्वानुमान गर्दै महाशाखाले राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसममा आंशिक बदली रहने जनाएको थियो ।
बागमतीसहित, कोशी प्रदेश, र गण्डकी प्रदेशको थोरै साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशलो एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइन्छ ।
यस्तै, भोलि दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने बताइएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अहिले देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
-
प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण