आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा

शुक्रबार, ०२ जेठ २०८२, ०० : ३७
शुक्रबार, ०२ जेठ २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा मध्यराति हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित आसपासका जिल्लामा मेघ गर्जनसहित हावाहुरी चल्नुका साथै क्षणिक वर्षा भएको हो । हावाहुरी चल्दा विभिन्न स्थानमा विजुली गएपछि केही समय अन्धकार समेत भएको थियो । 

यसअघि २४ घण्टाको पूर्वानुमान गर्दै महाशाखाले राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसममा आंशिक बदली रहने जनाएको थियो । 

बागमतीसहित, कोशी प्रदेश, र गण्डकी प्रदेशको थोरै साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशलो एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइन्छ । 

यस्तै, भोलि दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने बताइएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

अहिले देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप