राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत
सोमबार, २५ पुस २०७९, १७ : ५४
काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । सोमबार बसेको आयोगको बैठकले उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यक्रम अनुसार माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दावी विरोध लगायतका प्रकृया पूरा गरी १० गते अन्तिम नामावली प्रकाशन गर्ने तय भएको छ ।
यस्तै ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरी दावी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने र १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । १६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम तय भएको बताउँदै आयोगले माघ २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण