दौरा सुरुवाल कोट विरोधी कहिल्यै थिइन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दौरा सुरुवाल कोट विरोधी नभएको बताएका छन् । संसद्मा बोल्दै प्रचण्डले दौरा सुरुवाल लगाउने उपयुक्त समयको खोजीमा बल्ल अहिले लगाएको बताए ।
‘दौरा सुरुवाल र प्रचण्ड बारे चर्चा भयो । धेरै समयदेखि बाहिर चर्चा भइराखेको छ । कयौं विदेशी कूटनीतिज्ञले दौरा सुरुवाल कोट किन नलगाएको भन्ने गर्थे । देशभित्रकै पार्टीका साथीहरूले भन्ने गर्नुहुन्थ्यो’ प्रचण्डले भने, ‘म दौरा सुरुवाल कोट विरोधी कहिल्यै थिइन । र विरोध होइन । सन्दर्भले राजनीतिक रूपमा जुन प्रक्रियाबाट अघि बढे मलाई दौरा सुरुवाल कोट लगाउने अवसर जुरेको थिएन । मैले अरू सामान्य ड्रेस लगाउने भएकाले त्यहीँ सहज भयो । बानी त्यहीँ पर्दै गयो । यो संसद्मा गएपछि हाम्रा माननीयहरूले तपाईँहरूलाई जे रुचि लाग्छ त्यहीँ गर्नुहोला तपाई स्वतन्त्र हुनुहुन्छ । दौरा सुरुवाल लगाउन मन लाग्छ लगाउनुस् भन्ने गर्थे ।’
आफूले दौरा सुरुवा नलगाएपनि पार्टीका अरू नेताहरूले लगाउने गरेको प्रचण्डले बताए । ‘मैले न कुनै बेला लगाउनुपर्छ भन्ने थियो । यो प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा आएपछि आमजनताको मनोभावनालाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारी प्रदर्शनले निर्वाचन परिणाममा राम्रो भएको देखिएन । लगाउने जतिले जितेका छन् नलगाउनेहरूले हारेका छन्’ प्रचण्डले भने ।
आफूलाई राष्ट्रपतिदेखि सत्ता साझेदार दलका केपी शर्मा ओली, रवि लामिछानेलगायत सबैले दौरा सुरुवाल लगाउन सुझाएको बाए । ‘प्रधानमन्त्री हुँदै गर्दा राष्ट्रपतिले भन्नुभयो । तपाईँलाई दौरा सुरुवालमा हेर्न मन छ । सत्ता साझेदार दलका केपी जी रवि जीले प्रकाश जीले सबैले भोलि शपथ गर्ने बेला दौरा सुरुवालै लगाउनुपर्छ भन्नुभयो’ प्रचण्डले भने, ‘मैले दौरा सुरुवाल लगाउँछु भन्दा राष्ट्रिय समाचार बन्यो ।
प्रचण्डले भोलि शपथ हुँदा दौरा सुरुवाल लगाउने प्रचार भयो’ प्रचण्डले भने, ‘मैले कमेन्टमा कति नेगेटिभ आउँदो रहेछ भनेर हेरे नेगेटिभ एउटा पनि देखिन । सबै कमेन्ट पोजेटिभ आएपछि मैले यो निर्णय लिनै पर्ने भयो । जनअभिमत अनुसार लगाउनै पर्ने भएपछि लगाएको मात्रै हो ।’
आफूले दौरा सुरुवाल लगाएपनि अरू जातिले लगाउने पोसाकलाई सम्मान गर्ने प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण