शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दौरा सुरुवाल कोट विरोधी कहिल्यै थिइन : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, २६ पुस २०७९, १७ : २७
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दौरा सुरुवाल कोट विरोधी नभएको बताएका छन् । संसद्मा बोल्दै प्रचण्डले दौरा सुरुवाल लगाउने उपयुक्त समयको खोजीमा बल्ल अहिले लगाएको बताए ।

‘दौरा सुरुवाल र प्रचण्ड बारे चर्चा भयो । धेरै समयदेखि बाहिर चर्चा भइराखेको छ । कयौं विदेशी कूटनीतिज्ञले दौरा सुरुवाल कोट किन नलगाएको भन्ने गर्थे । देशभित्रकै पार्टीका साथीहरूले भन्ने गर्नुहुन्थ्यो’ प्रचण्डले भने,  ‘म दौरा सुरुवाल कोट विरोधी कहिल्यै थिइन । र विरोध होइन । सन्दर्भले राजनीतिक रूपमा जुन प्रक्रियाबाट अघि बढे मलाई दौरा सुरुवाल कोट लगाउने अवसर जुरेको थिएन । मैले अरू सामान्य ड्रेस लगाउने भएकाले त्यहीँ सहज भयो । बानी त्यहीँ पर्दै गयो । यो संसद्मा गएपछि हाम्रा माननीयहरूले तपाईँहरूलाई जे रुचि लाग्छ त्यहीँ गर्नुहोला तपाई स्वतन्त्र हुनुहुन्छ । दौरा सुरुवाल लगाउन मन लाग्छ लगाउनुस् भन्ने गर्थे  ।’ 

आफूले दौरा सुरुवा नलगाएपनि पार्टीका अरू नेताहरूले लगाउने गरेको प्रचण्डले बताए । ‘मैले न कुनै बेला लगाउनुपर्छ भन्ने थियो । यो प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा आएपछि आमजनताको मनोभावनालाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारी प्रदर्शनले निर्वाचन परिणाममा राम्रो भएको देखिएन । लगाउने जतिले जितेका छन् नलगाउनेहरूले हारेका छन्’ प्रचण्डले भने । 

आफूलाई राष्ट्रपतिदेखि सत्ता साझेदार दलका केपी शर्मा ओली, रवि लामिछानेलगायत सबैले दौरा सुरुवाल लगाउन सुझाएको बाए ।  ‘प्रधानमन्त्री हुँदै गर्दा राष्ट्रपतिले भन्नुभयो । तपाईँलाई दौरा सुरुवालमा हेर्न मन छ । सत्ता साझेदार दलका केपी जी रवि जीले प्रकाश जीले सबैले भोलि शपथ गर्ने बेला दौरा सुरुवालै लगाउनुपर्छ भन्नुभयो’ प्रचण्डले भने, ‘मैले दौरा सुरुवाल लगाउँछु भन्दा  राष्ट्रिय समाचार बन्यो ।

प्रचण्डले भोलि शपथ हुँदा दौरा सुरुवाल लगाउने प्रचार भयो’ प्रचण्डले भने, ‘मैले कमेन्टमा कति नेगेटिभ आउँदो रहेछ भनेर हेरे नेगेटिभ एउटा पनि देखिन । सबै कमेन्ट पोजेटिभ आएपछि मैले यो निर्णय लिनै पर्ने भयो । जनअभिमत अनुसार लगाउनै पर्ने भएपछि लगाएको मात्रै हो ।’ 

आफूले दौरा सुरुवाल लगाएपनि अरू जातिले लगाउने पोसाकलाई सम्मान गर्ने प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप