‘सोलेदार युक्रेनकै नियन्त्रणमा छ’
बुधबार, २७ पुस २०७९, १५ : ४३
काठमाडौं । युक्रेनले आफ्नो पूर्वी भूभाग सोलेदारमाथि शत्रुको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रनका सैन्य अधिकारीहरूले रुसका भाडाका सिपाहीले सोलेदार कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् ।
सोदेदार कब्जाले डोनबासमा आफ्नो प्रभाव बढाउन मार्ग प्रशस्त हुने रुसी दाबीलाई किएभले खण्डन गर्दै ‘सोलेदार युक्रेनी थियो, छ र सधैँ रहनेछ,’ युक्रेनी सेनाको रणनीतिक सञ्चार शाखाले बुधबार एक विज्ञप्तिमा भनेको छ । रुसी सञ्चारमाध्यमले सोलेदारमा लिइएको दाबी गरेका तस्विरहरू त्यहाँका नभई अन्यत्र खिचिएका युक्रेनी सेनाले बताएको छ । (रासस/ एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान