शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघ र तरुण दललाई पूर्णता दिने कांग्रेसको तयारी

शुक्रबार, २९ पुस २०७९, २२ : ४३
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दललाई पूर्णता दिने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोकेसँगै कांग्रेसले विद्यार्थी संस्था नेविसंघ र तरुण दललाई पूर्णता दिन लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र  तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग छलफल गरेर चाँडो कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका हुन् । नेविसंघका अध्यक्ष शेर्पाले नेविसंघ र तरुण दललाई एक हप्ताभित्र पूर्णता दिनेबारे सभापति देउवासँग छलफल भएको जानकारी दिए । कांग्रेसले विसं २०७८ चैतमा नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलको अध्यक्षमा गुरुङलाई जिम्मेवारी दिए पनि त्यसपछि भने कार्यसमिति विस्तार हुन सकेको छैन ।

कांग्रेसले अधिकांश भ्रातृ संस्थाको समयमै महाधिवेशन गर्न सकेको छैन । कांग्रेसले केही भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोकेको भए पनि अधिकाशं भ्रातृ संस्था नेतृत्वविहीन बन्न पुगेका छन् । कांग्रेसले अध्यक्षको जिम्मेवारी दिएका भ्रातृ संस्थाको निर्वाचन छ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए पनि कुनै पनि भ्रातृ संस्थाले समयमा महाधिवेशन गर्न सकेका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप