एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै

वासिङ्टन । एशिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ । मार्सल आइल्याण्ड र पलाउसँगको सम्बन्ध सुमधुर तुल्याउन वासिङ्टनले पारस्परिक सहयोग सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर गरेको छ । प्रशान्त महासागरका टापु देशमा आर्थिक, कूटनीतिक एवम् सैन्य प्रभाव विस्तार गर्दै अमेरिका–चीन सम्बन्धमा सन्तुलन कायम गर्नु वासिङ्टनको चाहना हो । आगामी दुई दशकका लागि अमेरिकाले मार्सल आइल्याण्ड र पलाउसँग गरेका सम्झौताबाट उसका सैन्य र अन्य सुरक्षा अधिकार सुनिश्चित भएका छन् ।
हिन्द– प्रशान्त क्षेत्रमा आर्थिक एवम् प्राविधिक विकासका गतिविधिमा सहयोगी देशलाई सघाउँदै कम्प्याक्ट्स अफ फ्रि एसोसिएसनमार्फत विकासका दीर्घकालीन परियोजना सञ्चालन गर्न अमेरिकाले ७० करोड डलर उपलव्ध गराउने छ । यद्यपि कम्प्याक्टका आर्थिक पक्षलाई अमेरिकी संसद्ले अनुमोदन गर्न बाँकी छ । लाभग्राही देशलाई पनि कम्प्याक्ट कार्यान्वयन बाध्यकारी हुने छैन । सहायता सम्झौतालाई निष्कर्षमा पुर्याउन वार्ताको नेतृत्व गरेका राष्ट्रपति बाइडेनका विशेष दूत जो युनले अबका सहायता रकम विगतमा अमेरिकाले उपलब्ध गराएको भन्दा अधिक हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न