मधेसमा बढे पर्यटक
अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि जनकपुरधामका होटेल तथा लज भरिभराउ छन्। भारतको विभिन्न स्थानबाट दर्जर्नौ गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटेल र लजहरू भरिभराउ भएका हुन्।
मधेस प्रदेशमा घुम्न आउने पर्यटकको संख्यामा अढाई सय प्रतिशतले वृद्धि भएको छ। आठवटा जिल्ला रहेको मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा २० हजार ७ सय ३३ जना आएका छन्।
नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०७९ का अनुसार गत वर्षको तुलनामा यस वर्ष २५४.५९ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा भने यस प्रदेशमा पर्यटक आउनेको संख्या ५ हजार ८ सय ४७ मात्र रहेको थियो। गत वर्ष ५७.३५ प्रतिशतले पर्यटक आगमनको संख्यामा ह्रास आएको थियो। समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा उल्लेखनीय वृद्धि हुनुमा कोभिड—१९ को असर कम हुनु हो।
त्यतिबेला पर्यटक आगमन ठप्प रहेकोमा सोको कोभिडको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण