राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन
धरान । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुगेकी छन् । उनी आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आएकी हुन् । आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुग्नुभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उनले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गरेकी थिइन् । यसपछि उनका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ । यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास रहेको छ । हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण