शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युक्रेन युद्ध : क्षेप्यास्त्र आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीस पुग्यो

सोमबार, ०२ माघ २०७९, १६ : २५
सोमबार, ०२ माघ २०७९

युक्रेन । युक्रेनको दक्षिणपूर्वी सहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएपछि दुई दर्जनभन्दा बढी व्यक्ति अझै बेपत्ता छन् ।

अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परबाह नगरी निरन्तर खटिरहेका थिए । 

शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो । रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको थियो । दुई साता लामो अघोषि युद्धविराम समाप्त भएसँगै रुसले राजधानी, किएभ र खार्किभको उत्तरपूर्वी सहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ ।-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप