स्रष्टा सम्मान तथा आशाका कृति लोकार्पण

काठमाडौं । नेपाल वाङ्मय परिषद, धनगढीले स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण गरियो । सो कार्यक्रममा नेपाली वाङ्मय साधना सम्मान (२०७७) बाट मातृका पोखरेल, नेपाली वाङ्मय साधना सम्मान (२०७८) बाट डा. अमर गिरी, नेपाली वाङ्मय साधना सम्मान (२०७९) बाट प्राडा हेमनाथ पौडेललार्ई सम्मानित गरियो ।
त्यस्तै पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७९) बाट नेपाल भाषाका लघुकथाकार श्याम आशालाई सम्मानित गरियो । नेपाली वाङ्मय साधना सम्मान र पद्मा–रामचन्द्र लघुकथा सम्मानको राशी रु. १०, ००० रहेको छ । रघुनाथ कडरियाले सम्मानित प्रतिभाको जीवनी र व्यत्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंंले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा रासाले नेपाल भाषाबाट नेपालीमा अनुवाद गरेको लघुकथाकार श्याम आशाको लघुकथा संग्रह ‘अघोषित आवाज’को समेत विमोचन गरिएको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुहाङले गराए रवि–राँके–भेडेटार सडकबारे ध्यानाकर्षण
-
विद्युत् पोलमा ठोक्किएर मोटरसाइकलसहित झाडीमा बेपत्ता युवकको शव भेटियो
-
सीता महोत्सवमा सार्वजनिक विदा दिन माग
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु