स्रष्टा सम्मान तथा आशाका कृति लोकार्पण
काठमाडौं । नेपाल वाङ्मय परिषद, धनगढीले स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण गरियो । सो कार्यक्रममा नेपाली वाङ्मय साधना सम्मान (२०७७) बाट मातृका पोखरेल, नेपाली वाङ्मय साधना सम्मान (२०७८) बाट डा. अमर गिरी, नेपाली वाङ्मय साधना सम्मान (२०७९) बाट प्राडा हेमनाथ पौडेललार्ई सम्मानित गरियो ।
त्यस्तै पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७९) बाट नेपाल भाषाका लघुकथाकार श्याम आशालाई सम्मानित गरियो । नेपाली वाङ्मय साधना सम्मान र पद्मा–रामचन्द्र लघुकथा सम्मानको राशी रु. १०, ००० रहेको छ । रघुनाथ कडरियाले सम्मानित प्रतिभाको जीवनी र व्यत्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंंले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा रासाले नेपाल भाषाबाट नेपालीमा अनुवाद गरेको लघुकथाकार श्याम आशाको लघुकथा संग्रह ‘अघोषित आवाज’को समेत विमोचन गरिएको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ'
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
-
दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
-
प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलहरू छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण